काठमाडौँ, २१ चैत । चन्द्रागिरि नगरपालिका, देवदर्शन मिडिया प्रालि, प्रदेश नं ३ सरकार र जिल्ला विकास समन्वय समिति काठमाडौंको सयुक्त आयोजनामा चैत २९ गतेदेखि बैशाख ७ गतेसम्म ‘चन्द्रागिरि महोत्सव’ हुने भएको छ ।
धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको ‘चन्द्रागिरिको सर्वाङ्गीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔँ, भन्ने मूल नाराका साथ चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारामा यो दोस्रोपटक महोत्सव हुन लागेको हो ।
महोत्सवमा स्थानीय कृषि उपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो इन्जिन, अटो मोबाइल, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, स्वरोजगार फाराम सङ्कलनगायतका १०० बढी कक्ष रहने आयोजकले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्