समाचार

युएईमा ट्याक्सी दुर्घटनामा परि २ जना नेपालीको मृत्यु



यूएई, २३ चैत । उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी युनाइटेड अरब इमिरेट्स ९यूएई० मा दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।

युएईको आबुधाबीमा भएको दुर्घटनामा निरोज परियार र शान्ति विश्वकर्माको ज्यान गएको हो । परियार नवलपरासी कावासोतीका हुन् भने विश्वकर्माको स्थायी ठेगाना खुलेको छैन । अहिले मृतकको शव खालिफा अस्पतालमा राखिएको छ ।

गम्भीर घाइते २ जनाको अबुधाबीस्थित खालिफा अस्पतालमा उपचार भइरहे पनि परिचय खुल्न सकेको छैन ।