बारा, २३ चैत । आइतवार साँझ बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट पिडितको दुःखमा मलहम लगाउने युगीन दायीत्व पुरा गर्दै युवा संघ नेपाल जनताको सारथी भएको प्रमाणीत गरेको छ ।
सोमबार नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन युवा संघ नेपाल बारा र पर्सा जिल्लाका आँधी प्रभावित क्षेत्रमा गई आँधीले ध्वस्त बनाएका भग्नावशेष हटाउने, पिडितहरुलाई राहत, मृतकका परिवारलाई जनही पाँच हजार, खाद्यान्न लत्ताकपडा लगायतका हस्तान्तरण गरेको छ ।
मानिसको लागि अनिवार्य आवश्यक पर्ने गास, वास तथा कपास व्यवस्था गर्न दिन रात नभनी कहिले खाना खुवाएको छ त कहिले औषधी उपचार । यति मात्र नभई प्रभावित ठाउँमा सफाई कार्यक्रम समेत गरेको छ ।
संघका अध्यक्ष रमेश पौडेलको नेतृत्व तथा बरिष्ठ उपाध्यक्ष किरण पौडेलेको कमाण्डीङमा रहेको उक्त टोलीले प्रभावित ठाउँमा अस्थायी बसोवासका लागि आवश्यक कार्यहरु समेत गरिरहेको छ । कहिँ बस्तीको लागि टहरा निर्माण गरेको छ त कतै नेपाली सेनालाई साथ र सहयोग गर्दै एक ढिक्का भई हिमाल, पहाड तराई कोही छैन पराई भन्ने भनाइलाई चरितार्थ रुपमा प्रस्तुत गरेको छ ।
संघका अध्यक्ष पौडेलको नेतृत्वमा बरष्ठ उपाध्यक्ष पौडेलको कमण्डसीपमा सचिव ध्रुव यादव, अन्जना अधिकारी, क्षितिज थेबेलगायत केन्द्रीय सदस्यहरु राकेश राई, शिवचन्द्र सिंह, अरुण यादव, श्याम गुफ्ता, हिमेश केसी, १ नं. प्रदेश कमिटी सदस्य माधवराज थापा, २ नं. प्रदेश कमिटीका नेताहरु, मोरङ जिल्ला अध्यक्ष नवीन पौडेल, काठमाडौँ जिल्ला अध्यक्ष पेम्बा घले, युवा नेता मुबिन आलम, मोहम्मद निजाम, रामदिनेश यादव लगायत पार्टी तथा युवानेताहरुद्वारा श्रमदान गरियो, जसलाई देखेर नेपाली सेनाको टिमले समेत हौसला दिदै सहभागी भएको अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्