काठमाडौँ, २४ चैत । राजधानीमा बस्दै आएका बर्दियाका युवाहरुले हावाहुरी पिडितलाई एक लाख १ हजार एकसय रुपैया सहयोग गरेको सामाजिक अभियन्ता रेशम थापाले जानकारी दिनुभएको छ ।
हरिस गौतम, रेशम बहादुर थापा, महेन्द्र बिष्ट, समृद्दा केसी, प्रिया देबकोटाको बिशेष पहलमा संकलन गरिएको उक्त राहत रकम सांसद तुल्सी थापा मार्फत युवासंघका सचिब बचन बहादुर सिङ्गलार्इ एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।
रकम स्वदेश तथा बिदेशमा रहेका साथिभाईहरुबाट पनि संकलन गरिएको उक्त रकम बिपत्तिमा सानो सहयोग गर्ने प्रयास गरिएको हरिस गौतमले बताए ।
कार्यक्रममा सांसद तुलसी थापाले राहत रकम पीडित समक्ष पुगोस भनी सानो सहयोग गरेको बताउनुभयो । ‘नेपालभित्र जहाँ पनि विपद् आइलाग्दा हाम्रो दायित्व हो।’ सांसद थापाले भन्नुभयो, ‘त्यही दायित्व पूरा गर्न पैसा दिने निर्णय गरेका हौं ।’ विपदका बेला सबै नेपाली एक जुट भएर सहयोग गर्नुको विकल्प नभएको सांसद थापाले बताउनुभयो ।
राहत रकम हस्तान्तरण कार्यक्रममा युबासंघ नेपालका कोषध्यक्ष अमित लामा स्थायी समिति सदस्य तथा कार्यालाय सचिब सुमन पुरि लगाएतको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्