काभ्रे, २४ चैत । काभ्रेको धुलिखेल नगरपालिका–२ रविओपीमा शनिबार श्रीमतीले खुर्पा प्रहार गरी श्रीमानको हत्या गरेकी छिन् ।
धुलिखेल नगरपालिका– २ की ५५ वर्षीया लालीमाया तामाङले खुर्पा प्रहार गरी ६० वर्षीय श्रीमान् सुकराम तामाङको हत्या गरेकी हुन् । खुर्पा प्रहारपछि गम्भीर घाइते भएका सुकरामलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खुर्पा प्रहारबाटै घाइते भएकी सुकरामकी फुपू ७० वर्षीया कान्छीमाया उपचारपछि घर फर्केकी छिन् । मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच झगडा भएको थियो । प्रहरीले खुर्पा प्रहार गर्ने लालीमायालाई पक्राउ गरेको छ ।










प्रतिक्रिया दिनुहोस्