शैक्षिक

त्रिविको ट्रान्सक्रिप्टमा अनुत्तिर्ण विषयको स्टार चिन्ह हट्ने



त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्टमा अनुत्तिर्ण भएको विषयमा स्टार चिह्न हट्ने भएको छ ।

त्रिवि प्राज्ञिक परिषद्ले अनुत्तिर्ण भएको विषयसहितको ट्रान्सक्रिप्टमा स्टार चिह्न नराख्ने निर्णय गरेको जनाएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार ट्रान्सक्रिप्टमा तारा चिह्न राख्दा नराम्रो देखिने भएकाले त्यसलाई हटाउन थालेको जानकारी दिएका छन ।