काठमाडौँ, २४ चैत । काठमाडौँमा दुई जना भरियाबीच आपसी विवादमा कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शनिबार राती सवा २ बजे कालीमाटीस्थित तरकारी बजारमा आपसी विवादमा अन्दाजी ५५ वर्षीय पुरुष र ४० वर्षीय पुरुषबीच कुटाकुट भएको थियो । कुटाकुट पछि घाइते भएका दुवैलाई उपचारको लागि वीर अस्पताल पठाइएको थियो ।
घाइते मध्ये अन्दाजी ४० वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान साढे ७ बजे मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ । मृतक र घाइतेको नाम थर र ठेगाना खुल्न बाँकी रहेको छ ।










प्रतिक्रिया दिनुहोस्