काठमाडौँ, २४ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल बनाउनका लागी सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन ।
आइतबार चिनियाँ कम्पनी हुवावेद्वारा आयोजित नेपाल मोबाइल काङ्ग्रेस २०१९ को उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सरकार सूचना प्रविधिमैत्री नेपाल (डिजिटल नेपाल) बनाउने लक्ष्यमा सक्रिय रहेको बताए ।
उनले भने, ‘पछिल्लो समय विश्व सूचना प्रविधिको विकास र विस्तारमा चितुवाको गतिमा अगाडि बढेको छ, हामी पनि यही गतिमा कुद्न चाहन्छौ, यसका लागि सरकार यस क्षेत्रमा कार्यरत लगानीकर्ता, कम्पनीसँग साथ र सहयोग लिन चाहन्छ ।’
मन्त्रालयले सूचना प्रविधिको पछिल्लो पुस्ता ‘फोर जी’ विस्तारमा उच्च प्राथमिकताका साथ काम अगाडि बढाइएको भन्दै उनले फोर जी पछि फाइव जी कार्यान्वयनको तयारीमा सरकार लाग्ने बताएका छन ।
मन्त्री बाँस्कोटाले नीतिगत झन्झट अन्त्य गर्न नयाँ सूचना प्रविधि ऐन ल्याउन लागिएको बताउदै उनले भने, ‘समयमा काम सम्पन्न हुनुपर्छ, नेपाल डिजिटल इकोनोमियात्रामा छ, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खुद्रा व्यापार, वन, सिँचाइ, ऊर्जालगायत हरेक क्षेत्रमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ ।’










प्रतिक्रिया दिनुहोस्