बुटवल, २५ चैत । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाली कांग्रेस बुढो हात्तीजस्तो भएको र नेकपा आफैंभित्र भागवण्डा र सत्ता स्वार्थमा पदको तानातानमा लागेको देखेर जनताले वैकल्पिक शक्ति चाहेको दाबी गर्नुभएको छ ।
आइतबार बुटवलमा पार्टी कार्यकर्ता प्रशिक्षणमा डा. भट्टराईले नयाँ शक्ति पार्टी एक डेढ वर्षभित्रै पुराना दलहरुको विकल्पमा भरपर्दो र बलियो वैकल्पिक पार्टी बन्ने पनि दाबी दावि गर्नुभयो । आउँदो चुनावअघि नै नेकपा र कांग्रेसमा ठूलो पहिरो जाने समेत दावी गर्नुभएको छ । डा. भट्टराईले भने, ‘हामी मधेसकेन्द्रित, जनजातिकेन्द्रित र पहिचान पक्षधर सबै शक्तिहरुसँग ध्रुवीकरण गर्दै चुम्बकीय केन्द्र (म्याग्नेटिक सेन्टर) जस्तो पार्टी बनाउँदैछौं । आउँदो चुनावको मुखमा कांग्रेस र नेकपामा ठूलो पहिरो जानेवाला छ, तर त्यहाँबाट आउन खोज्ने सबैलाई भित्र्याउनौं, राम्रा मान्छे मात्र छानेर मात्र भित्र्याउँछौं ।’
नेकपाको २ तिहाई बहुमतको सरकारले जनताको मन जित्ने गरी कुनै काम गर्न नसकेको बरु एकपछि अर्को ठूलो भ्रष्टाचारमा मुछिएकाले यो दलबाट साँचो अर्थमा समृद्धि हासिल हुन नसक्ने भट्टराईले दाबी गरे । ‘स्वयं कांग्रेस र नेकपाका नेताहरुले तपाईं आइदिनुपर्यो, नेतृत्व गरिदिनुपर्यो भन्नुहुन्छ’ भट्टराईले भन्नुभयो, ‘कहिलेकाहीँ त फुत्किनै नसक्ने गरी समात्न खोज्नुहुन्छ, डा.भट्टराईले कार्यकर्ताहरुलाई भने, ‘तर म त्यहाँ जाने कुरै भएन ।’










प्रतिक्रिया दिनुहोस्