चितवन, २५ चैत । मुलुक केन्द्र भागमा रहेको राजधानी बाहिर मेडिकल सिटीका रुपम परिचित चितवनमा टेष्ट टयुव बेबी गर्भाधान प्रक्रिया सुरु गरिएको छ ।
चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरले जिल्लामा नै पहिलो पटक आइभिएफ प्रविधिवाट महिलालार्इ कृत्रिम गर्भाधान प्रक्रिया सुरु गरेको हो । कलेजले विश्व स्वास्थ्य दिवसको अवसर पारेर अस्पताल अन्तरगतकै चितवन मेडिकल फर्टिलिटि सेन्टर स्थापना गर्दै टेष्ट टयुव बेबी गर्भाधान प्रक्रिया सुरु गरेको अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।
अस्पतालले अत्याधुनीक प्रजनन् संरक्षण सेवा सहितको टेष्ट टयूव वेवी सेन्टरको स्थापना गरेको उनले बताए । जहाँ ईन विट्रो फर्टिलाइजेशन, इन्ट्रा साइटोप्लाज्मिक स्र्पस इन्जेक्सन र भ्रुण बैङ्किङ सेवाहरु प्रदान गर्नेछ ।
टेष्ट टयुव बेबी गर्भाधान प्रक्रियाको एक समारोहकाबीच नेपाल सरकारका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उद्धघाटन गरेका थिए । झण्डै १ बर्षको लामो प्रयासपछि राजधानी काठमाडौँ जाने बाध्यता हटाउनसगैँ सहज रुपमा आफ्नो ठाउँमा गुणस्तरीय सेवा दिन टेष्ट टयुव बेबी गर्भाधान कार्य सुरु गरेको चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रो.डा. हरिशचन्द्र न्यौपानेले जानकारी दिए ।
सो अवसरमा बोल्दै स्वास्थ्य मन्त्री यादवले सरकारले समेत नयाँ नयाँ उपचार सेवा दिने लक्ष्य राखेको अवस्थामा निजि क्षेत्रको पहलमा चितवनमा चितवन मेडिकल कलेज सुरु गरेको यो आम जनताको लागि लाभ दायिक हुने विश्वास व्यक्त गरे । उनले यस्तो सेवालाई सर्वसुलभ र विश्वसनीय नै गुणस्तरीयमा समेत ध्यान दिन आग्रह समेत गरेको थिए ।
कलेजका अस्पताल निर्देशक प्रो.डा. दयाराम लमसालले स्वागत मन्तव्य व्यक्त गर्दै लगानी, प्राविधि र जनशक्तिको हिसाबले कठिन भएपनि सरकारको निति तथा कार्यक्रम भित्र रहेर स्वास्थ्य आमा बुवा र वच्चाको लागि यो सेवा सुरु गरिएको जानकारी दिए ।
नेपालमा १५ प्रतिशत विवाहीत उमेर समुहका दम्पतीहरु निसन्तान समस्यामा छन् । अधिकास गर्मी स्थानमा कामको खोजीमा जाने ३८ प्रतिशत नेपाली कामदार शुक्राणु घट्दै जाने जोखीममा छ भने झण्डै ६० प्रतिशत दम्पती उन्नत उपचारको खोजीमा विदेश गईरहेका छन् ।
चितवन मेडिकल कलेजका स्त्री प्रसुती तथा रोग विभाग प्रमुख डा. उपेन्द्र पण्डितको अगुवामा यो सेवा सुरु गर्ने लागेको हो । आगमी १ हप्ता भित्र चितवनमा जन्मिने वेव प्रक्रिया सुरु गर्ने उनले बताए । उनका अनुसार अनुसार चितवन मेडिकल कलेजमा दैनिक २ देखि ३ जना दम्पत्तिहरु यस्तो समस्या लिएर अस्पताल आउने गरेका छन् ।
उनका अनुसार फर्टिलिटि सेन्टर स्थापना संगै सन्ताननभएका तर सन्तानको रहर भएका दम्पत्तिले विदेशमा गई उपचार गर्न पने बाध्यताको अन्त्य भएको अस्पताले जनाएको छ । झण्डै ३ करोडको लगानीमा आएको सेन्टर भित्र छुटाछुटै ल्याब, अपरेशन कक्ष, विर्य संकलन, चेकजाँच, डे«स चेन्ज, परामर्श कक्ष तथा विर्शाम कक्षहरुको व्यवस्था गरिएको छ ।
काठमाडौँम ३ लाख रुपैयाँसम्म खर्च लाग्ने भएको यो सेवा चितवनमा भने १ लाख ५० हजार रुपौयाँ देखि २ लाख ५० हजार रुपौयाँमा सर्वसाधारण सेवा लिन सक्नेछन् ।
यसरी निकालिन्छ टेष्ट टयुव बेबी
यसमा विशेषज्ञहरुले एक मानिसको शरिरवाट ओभम झिकेर यसलाई प्रयोगशालामा निशेचन गराएर गर्भाशयमा भ्रुणलाई स्थानान्तरण गर्दछन् । अनि आइभिएफ प्रविधिवाट महिलालाइ कृत्रिम गर्भाधान गरिन्छ ।
आईभीएफ प्रविधिमा महिलाको डिम्ब र पुरुषको शुक्रकिटलाई प्रयोगशालामा एउटा थालमा राखिन्छ । जहाँ निषेचन हुन्छ । निषेचित भ्रुणलाई करिब ४८ घन्टा पछि महिलाको गर्भाशयमा प्रतिस्थापित गरिन्छ । भ्रुण प्रतिस्थापन गरेपछि सामान्य शिशु सरह नौ महिना आमाको गर्भमै राखी शिशुको जन्म हुन सक्छ ।
महिलाको डिम्ब र पुरुषको शुक्रकिट प्राकृतिक रूपमा निषेचित नभई प्रयोगशालामा उपयोग गरिने सिसाको थालमा हुने भएकाले यो प्रविधि अन्तर्गत जन्मिएका लाई टेस्ट ट्युब बेबी समेत भन्ने गरिन्छ ।










प्रतिक्रिया दिनुहोस्