जनकपुर, २५ चैत । सप्तरीको राजविराजमा नायब सुब्बा घुससहित पक्राउ परेका छन् ।
सोमबार भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डललाई अख्तियार दुरुपयोग अनुन्धान आयोग इटहरीको टोलीले सेवाग्राहीसँग घुस लिदै गर्दा रंंगेहात पक्राउ गरेको हो ।
आज बिहान नौं बजे एक सेवाग्राहीलाई कार्यालयमै बोलाएर मोहीको जग्गा सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै ४० हजार रुँपैयाँ घुस लिदालिदै नासु मण्डललाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धानका लागी क्षेत्रीय कार्यालय इटहरी लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला भूमिसुधार तथा मालपोत कार्यालयका अनुसार सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना निवासी नासु मण्डल २ दिनपछि ५८ वर्षे सेवा अवधी पुरागरि सेवानिवृत्त हुन लागेका थिए ।










प्रतिक्रिया दिनुहोस्