काठमाडौँ, २६ चैत । गृहमन्त्रालयले २३ जना उपसचिवको सरुवा गरेको छ ।
दोलखा, बाजुरा, भोजपुर, रसुवा, रामेछाप, संखुवासभा र सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् । दोलखामा खगेन्द्रप्रसाद रिजाल, बाजुरामा गंगाप्रसाद न्यौपाने, भोजपुरमा नुरहरि खतिवडा, रसुवामा अर्जुन भण्डारी र रामेछापमा लीलाकुमारी केसी पाण्डेको सरुवा भएको छ ।
संखुवासभामा जीवनप्रसाद दुलाल रहेका छन भने सिन्धुपाल्चोकमा गोमादेवी चेम्जोङलाई दिइएको छ ।
सूची











प्रतिक्रिया दिनुहोस्