काठमाडौँ, २६ चैत । सम्राट शाक्यले निर्देशन गरेको फिल्म ‘यात्राको निर्माण टिमले मकै एपसँगको सहकार्यमा क्वीज कन्टेष्ट आयोजना गरेको छ ।
उक्त क्वीज कन्टेष्ट एक प्रश्न सोधिएको छ, जसको सहि जवाफ दिने मध्यबाट एक भाग्यशालीले १ लाख नगद पाउनेछन् ।
फिल्ममा मलिका महतले तस्याको भूमिका निर्वाह गरेकी, उनले आफ्नो आँखाको ज्योति कसरी गुमाउछिन् रु यस प्रश्नको जवाफका लागि सहभागीले ट्रेलर हेरेर दिएको अप्सन मध्य एकमा टिक लगाउने पर्नेछ ।
टिक लगाएपछि प्रतियोगीले आफ्नो नाम र नम्बरसँगै इमेल सहितको प्रयोग गरि सबमिट गर्नु पर्नेहुन्छ । सहभागिताको लागि यस लिंक (https://meromakaii.com/yatra) मा क्लिक गर्नुपर्ने हुन्छ ।
यो प्रतियोगिता आउँदो २९ चैत्रमा बिहान ८ बजेबाट बन्द गरिने छ, भने आउँदो वैशाख २० गते फेसबुक लाइभमार्फत विजेता घोषणा गरिने निर्माण युनिटले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्