डडेल्धुरा, २७ चैत । धनगढीबाट अछामका लागि छुटेको यात्रुवाहक बस डडेल्धुराको अमरगढी नगरपालिका–११, धनगाड नजिकै दुर्घटना हुँदा ३१ यात्रु घाइते भएका छन् ।
ना ४ ख ६८३६ नम्बरको बस केआईसिह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा बुधबार बिहान करिब २ः३० बजे दुर्घटना भएको हो । घाइते ३० जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।
गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियालको भने त्यहाँ उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका अधिकांश घाइते अछामका रहेको बताइए पनि उनीहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ । बसमा ५० भन्दा बढी सवार रहेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्