राजनीति

भक्तपुरलाई कला र संस्कृतिको राजधानीको रुपमा विकास गर्नुपर्छ : सांसद बस्नेत



भक्तपुर, २८ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनताको भावनासँग जोडी भौगोलिक, जातीय, सांस्कृतिक, भाषिक विविधतालाई समेट्दै भक्तपुरलाई कला र संस्कृतिको राजधानीको रुपमा विकास गर्नुे बताउनुभएको छ ।

बुधवार मध्यपुर थिमी नगरपालिकाले आयोजना गरेको सांस्कृति नगरी मध्युपुर थिमी गुरुयोजना विषयक कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै सांसद बस्नेतले किराँतकाल तथा लिच्छवीकालदेखी नै कला र संस्कृतिको इतिहासमा मध्यपुर स्थापीत रहेको बताउनुभयो । उहाँले कला र संस्कृतिको राजधानीको रुपमा भक्तपुर हो भनि अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद बस्नेतले उपत्यकाकै समृद्ध नगरपालिकाको रुपमा मध्यपुर थिमी नगरपालिका रहेको बताउँदै भक्तपुर कला र संस्कृतिको धनी वा राजधानी हो भनि चिनाउन प्रचार प्रसारलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सम्पदा वस्ती संरक्षण कार्यक्रममा भक्तपुरका चारवटै नगरपालिकालाई बजेट व्यवस्थापन गर्नसम्बन्धीत निकायलाई आग्रह गरिएको र त्यो आउने प्रकृयामा रहेको समेत जानकारी गराउनुभयो ।

उहाँले तीनै तहका सरकारले आवश्यक बजेटको व्यवस्था गर्दै विकास र समृद्धि हासिल गर्न स्रोत र साधनलाई व्यवस्थीत गर्नुपर्ने बताउँदै उहाँले भक्तपुरको आर्थिक तथा सामाजिक रुपान्तरणको लागि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले कला र संस्कृतिलाई सम्पत्तीसँग जोड्नुपर्ने बताउँदै प्रविधि, समय, परिस्थीति र आवश्यकता अनुसार पर्यटन, सूचनाप्रविधि, आधुनिक कृषी लगायतको विकास र विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले मानिसको दक्षता र क्षमताको अभिवृद्धि गर्नुपर्ने वर्तमान समयको अपरिहार्य भएको समेत बताउनुभयो ।

भक्तपुर हिन्दु र बौद्ध धर्मको संगमस्थल रहेको बताउँदै सांसद बस्नेतले आधुनिक विकास गर्दा सम्पदा र संस्कृतिलाई नस्ट गर्नु नहुने बताउनुभयो । उहाँले बालकुमारी चपाचोक, नगदेश, दक्षिण बाराही, निलबाराही लगायतलाई व्यवस्थित कला र संस्कृतिको रुपमा विकास गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

उहाँले भक्तपुरमा विकासले ठूलै फड्को मारेको बताउँदै देशकै सवैभन्दा तिव्र गतिका साथ काम भइरहेको मध्येमा हनुमन्ते नदीको करिडोर भएको बताउनुभयो । उहाँले करिडोर निर्माणसँगै भक्तपुरमा वर्षाको समयमा डुवानको समस्या झेल्नुपर्ने समयको अन्त्य हुने समेत बताउनुभयो । उहाँले करिडोर निर्माण सम्पन्न पश्चात डुवानको समस्या समाधान मात्र नभई अरनीको राजमार्गमा हुने सवारी जाम तथा दुर्घटना समेत न्युनिकरण हुने बताउनुभयो ।

अन्तर्राष्ट्रिय रंगशाला, आधुनीक वीर अस्पताल, सभागृह, प्राणी उद्यान केन्द्र, स्मार्ट सिटी लगायतका राष्ट्रिय गौरवका आयोजनालाई सफलतापूर्वक सम्पन्न गराउन सवै राजनीतिक दल, संघ संस्था, सम्बन्धीत निकाय तथा स्थानीयवासीको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।