काठमाडौँ, २८ चैत । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही दिनदेखि प्रभावित मौसममा सुधार भएको भए पनि प्रिमनसुन भएकाले दिउँसो पछि केहि ठाउँमा मेघगर्जन र हावाहुरी सहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार बिहीबार मध्य र पूर्वको केहि ठाउँमा र पश्चिमको एक दुई ठाउँमा दिउँसोपछि पानी पर्ने संभावना छ । तर ठूलो पानी पर्ने वा तीब्र गतिको हावाहुरी चल्ने संभावना भने कम रहेको बताइएको छ । अहिलेको अवस्था हेर्दा अबको तीन दिन देशभरी कै मौसम दिउँसोपछि सामान्यदेखि आशिंक बदली भए पनि ठूलो पानी पर्ने वा तीव्र गतिको हावाहुरी भने नचल्ने अनुमान छ ।










प्रतिक्रिया दिनुहोस्