समाचार

पोखरीमा डुबेर एक जनाको मृत्यु



भरतपुर, २ बैशाख । भरतपुर महानगरपालिका–६ ओरालो घोलस्थित पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो १२ बजे पौडी खेल्न गएका सोही ठाउँका राजेश न्यौपानेका १३ वर्षीय छोरा सरोज न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा छ ।