समाचार

श्रीमान श्रीमती मृत आस्थामा फेला



काठमाडौँ, १९ वैशाख । कपिलवस्तुको बाणगंगामा श्रीमान श्रीमती मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बाणगंगा ८ को ढोडेकोलमा बुधबार करिब ५५–५६ वर्षकी जुठी भुषाल र करिब ६०–६१ वर्षका टेकलाल भुषाल मृत फेला परेका हुन् ।  

महिला विस्तारामा र पुरुष भर्याङमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । घटनाका बारेमा थप अनुसन्धान गरिरहेकोले बाँकी कुरा अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।