समाचार

अवैध विदेशी मुद्रासहित दुईजना पक्राउ



काठमाडौँ, २ वैशाख । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अवैध विदेशी मुद्रासहित दुई जना पोल्याण्डका नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कतार एयरवेजको उडानमार्फत स्वदेश फर्किन लागेका पोल्याण्डका मास्की मिल्कीन वेग्लोस्की र आकुव स्टीकी रहेका छन् । वेग्लोस्कीको साथबाट अमेरिकी डलर १३ हजार ६ सय, यूरो ५ हजार २ र नेपाली रुपैयाँ ५८ हजार बरामद गरिएको हो । यस्तै आकुवको साथबाट अमेरिकी डलर ६ हजार १ सय र ५ हजार यूरो बरामद भएको प्रहरीले जनाइएको छ ।