समाचार

बाल यौनदूराचारको आरोपमा २ जना पक्राउ



सिहरा, ३  वैशाख । बालकसँग अप्राकृतिक मैथुन गरेको आरोपमा सिरहाबाट २ जना पक्राउ परेका छन् ।

मंगलबार बिहान सिरहाको धनगढी नगरपालिका ७मा पाहुना बस्न आएका १० बर्षीय बालकको मुख थुनेर जर्वजस्ती अप्राकृतिक मैथुन गरेको अभियोगमा सुखीपुर नगरपालिकला–८ बस्ने २६ वर्षीय कृष्ण मण्डल र सोही नगरपालिका–४ का २५ वर्षीय सञ्जय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सुखीपुरको टोलीले दुवैलाई पक्राउ गरी थप अनुसन्धान शुरु गरेको जनाएको छ ।