समाचार

खोटाङमा बस दुर्घटना : एकजनाकोमृत्यु, १३ जना घाइते



खोटाङ, ३ वैआख । काठमाडौबाट खोटाङको लागि छुटेको बस हलेसीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको रिट्ठाबोटेमा दुर्घटना भएको हो । दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय पर्जबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । राईको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा मृत्यु भएको थियो ।

घाइतेमध्ये ६ जनालाई टिचिङ अस्पताल, काठमाण्डौमा ल्याईएको छ । अन्य घाइतेहरुलाई जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको प्रहरीले बताएको छ । बसमा जम्मा १५ जना सवार थिए । गाडीका सहचालक सकुशल छन् ।