एजेन्सी, ३ वैशाख । फ्रान्सको राजधानी प्यारिसमा रहेको ८ सय ५० वर्ष पुरानो तथा फ्रान्सकै अमूल्य सम्पदामध्येको एक नोट्र ड्याम चर्चमा लागेको छ ।
आगलागीमा परेको फ्रान्सको प्राचीन चर्च नोट्र ड्याम क्याथेड्रलको मुख्य संरचना जोगिएको छ । चर्चमा लागेको आगोले छाना शिखर र केही संरचना खरानी भए पनि मुख्य भवन भने जोगिएको फ्रान्सको अग्नी नियन्त्रण कार्यालयले जनाएको छ ।
आगलागीको कारण थाहा भैनसकेको तर चर्चमा भइरहेको जिर्णोद्धारको काम कै कारण आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले यो दुखद् भएको बताउँदै मंगलबारका लागि तय भएको राष्ट्रिय सम्बोधन स्थगित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्