समाचार

जापानमा एक नेपाली महिलाको मृत्यु



काठमाडौँ, ३ वैशाख । जापानमा ट्रिपरको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ ।

सन् २०१६ देखि जापान नागोया मेकेनको योकाईची सिटीस्थित योक्काईची अफ इन्फरमेशन एण्ड ल्यांव्गेज सेन्मोन गाग्गो कलेजमा अध्ययन गर्दै आएकी ममता मोक्तानको क्याम्पस जाने क्रममा ट्रिपरको ठक्करबाट मृत्यु भएको हो ।

मोक्तानले १ महिना अघि मात्रै जापानमा बस्दै आएका पत्रकार राम तामाङसँग विवाह गरेकी थिइन् । ट्रिपरको ठक्करबाट मोक्तानको घटनास्थलमै मृत्यु भएको हो ।