काठमाडौँ, ४ वैशाख । साउदीमा कम्पनी चल्न नसक्दा करिव १५ हजार नेपालीको रोजगारी गुम्नुका साथै करिव तीन हजार नेपाली अलपत्र परेका छन् ।
साउदीका चार कम्पनीहरु अजमिल कन्स्ट्रक्टिङ कम्पनी, अजमिलको भगेनी कम्पनी अर्कद, जे एन्ड पी र साउदी मार्बल एन्ड ग्रिनाइटेडमा कार्यरत नेपालीहरुको रोजगारी गुमेको जनाएको छ ।
साउदी दमामस्थित नेपाली दूतावासका अनुसार, काम नभएपनि कम्पनिहरुले एक वर्षमा झन्डै ७ हजार नेपालीलाई फिर्ता पठाइसकेका छन । अजमिल कम्पनिले भने कामविहीन भएर लामो समयदेखि बसिरहेका ३ हजारलाई स्वदेश पठाएको छैन ।
अजमिलमा मात्रै १० हजार नेपालीको रोजगारी गुमेको छ । अर्कदमा तीन हजार, जे एन्ड पी र साउदी मार्बलमा कम्तीमा २ हजार नेपालीले रोजगार गुमाउनु परेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्