समाचार

बस र टिपर जुध्दा एकको मृत्यु, तीन घाइते



भक्तपुर, ५ बैशाख । भक्तपुरमा बस र टिपर एक आपसमा जुध्दा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बिहीबार बिहान सुर्यबिनायक नगरपालिका–९ नलिनचोक ओरालोमा काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बा ३ ख १७८४ नं.को बस र विपरित दिशाबाट आउँदै गरेको बा ४ ख ४८१५ नं. को टिपर जुध्दा बसका सहचालक सिन्धुपाल्चोक चौतारा ३का ३२ वर्षीय रमेश भण्डारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

बस सहचालक भण्डारीको मेडिसिटी अस्पताल ललितपुरमा उपचारकै क्रममा बिहान ४ बजेर २५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बस चालक सिन्धुपाल्चोक चौतारा सागागढी–३ बतासेका २४ वर्षीय सन्तोष थापा, टिपर चालक सिन्धुपाल्चोक लिशंखु पारख गाउँपालिका–७ का २८ वर्षीय देव कुमार श्रेष्ठ र टिपरको सहचालक मकवानपुर बकैया–८ का २३ वर्षीय कृष्ण बहादुर ठकुरी घाईते भएका छन् ।

बस चालक थापाको मेडिसिटी अस्पताल ललितपुरमा र टिपर चालक श्रेष्ठ र सहचालक ठकुरीको मध्यपुर ठिमी अस्पतालमा उपचार भईरहेको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।