काठमाडौँ, ५ बैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रालयमा सचिव प्रेमकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कार प्रदान गरेका छन ।
गृहमन्त्रालयमा बिहीबार एक कार्यक्रम गरि मन्त्री थापाले बेरुजु फर्छ्यौटमा उत्कृष्ट काम गरेको भन्दै उनीहरुलाई नगद तथा प्रशंशापत्र प्रदान गरेका हुन् ।
बेरुजु फर्छ्यौटमा उत्कृष्ट भएकोमा गृह मन्त्रालयमा सचिव राई, नेपाल प्रहरी महानिरीक्षक खनाललाई आठ हजार रुपैयाँ नगद एवम् प्रशंसापत्र प्रदान गरिएको छ ।
त्यस्तै गृह मन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई ६ हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरिएको छ ।
कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वहरुलाई बधाई दिँदै पुरस्कारले अन्य मन्त्रालयलाई पनि राम्रो काम गर्न प्रेरणा दिने बताए ।










प्रतिक्रिया दिनुहोस्