राजनीति

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम छिट्टै अघि बढ्छ : मन्त्री मगर



काठमाडौँ, ५ वैशाख । खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताउनु भएको छ ।

बिहीबार काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई अघि बढाउन पनि मातहतका निकायलाई निर्देशन दिनुभयो ।

मन्त्री मगरले काठमाण्डौ उपत्यकामा खानेपानीको व्यवस्थापनको काममा खटिएका निकायहरुले त्यसको त्यसको सदुपयोग भएरनभएको विषयमा पनि विशेष निगरानी राख्न सम्बन्धीत निकायलाई आग्रह गर्नुभयो । उहाँले काठमाडौँ उपत्यकामा रहेका ढुंगेधारा, तलाउ, पोखरीहरुको संरक्षणको काममा जुटन पनि मातहतको निकायलाई निर्देशन दिनु भयो ।

हाँले गुणस्तरीय खानेपानीको व्यवस्थापन हुने गरी आवश्यक मापदण्डसहितको कानुन निर्माणको कामलाई अघि बढाइएको बताउनु भयो । उहाँले जनताको स्वच्छ खानेपानी पिउने अधिकारलाई सुरक्षित गराउन आवश्यक प्रविधि भित्र्याउनुपर्नेमा पनि जोड दिनु भयो ।