काठमाडौं, ६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अध्यक्ष थापाले केही वर्षयता भ्रष्टाचारको कारणले गर्दा लोकतन्त्रको आवरणमा लुटतन्त्र हुने सम्भावना देखिएको दावी गर्नुभएको छ ।
काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको विरोध गर्नु भनेको संविधानका विरोध नभएको पनि बताउँदै नेपालमा धर्मनिरपेक्षता बाहृय शक्तिको दबाब, प्रभाव र आर्थिक प्रलोभनको आधारमा आएको आरोप पनि लगाउनुभयो ।
अध्यक्ष थापाले आफूहरुले अघि सारेका २२ सूत्रीय मागबारे सरकार गम्भीर नबनेको आरोप लगाउनु भएको छ । उहाँले सरकारले आफूहरुको मागलाई उपेक्षा गरेकै कारण जनदबाब सिर्जना गर्न बाध्य भएको स्पष्ट पार्नुभयो । अध्यक्ष थापाले बैशाख ६ गते देशैभरि व्यापक जनसहभागितामा धर्मनिरपेक्षता लेखिएको प्ले–कार्ड र ब्यानर जलाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
उहाँले आफूहरुले कानून र संविधान उल्लंघन नगरेको पनि समेत प्रष्ट पार्नुभयो । थापाले संविधानका कतिपय प्रावधानहरुमा अहिलेपनि आफ्नो पार्टीको असहमति रहेको उल्लेख गर्दै यद्धपि संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गरेर जाने आफ्नो पार्टीको नीति रहेको पनि बताउनुभयो ।
उहाँले पश्चिमाहरुको दबाब र प्रभावका आधारमा धर्मनिरपेक्षता राखिएको दावी गर्दै अध्यक्ष थापाले विदेशी षड्यन्त्रलाई समाप्त गर्ने र राष्ट्रिय पहिचान कायम गर्नपनि आफूहरुको संघर्ष र आन्दोलनको महत्वपूर्ण पक्ष भएको अध्यक्ष थापाको भनाइ छ । आफूहरुले हिन्दूराष्ट्रको कुरा गरेर सबैले यसलाई ग्रहण गर्नैपर्छ भनेर नभनेको पनि जिकिर गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्