समाचार

भोजपुरमा ट्रयाक्टर दुर्घटना : १ जनाको मृत्यु



भोजपुर, ६ वैशाख । भोजपुर जिल्लाको दक्षिणी हतुवागढी गाउँपालिका– ९, हसनपुर ज्यामिरेमा बिहीबार साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

को २ त ८७१४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सोही ठाउँ निवासी ३७ वर्षीया शान्ति मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना भएको ट्रयाक्टर सडकबाट करिब ४० मिटर तल खसेको छ ।