विराटनगर, ७ बैशाख । अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकलाई डम्पिङ साइट बन्न नदिने बताएका छन ।
विराटनगरमा अर्थ मन्त्रालय राजस्व परामर्श समितिले आर्थिक वर्ष ०७६र७७ का लागि बजेट, राजस्व नीति र कार्यक्रम बारे छलफल गर्न आयोजित पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले औद्योगिकीकरण मार्फत सरकारले आर्थिक समृद्धिको परिकल्पना गरेकोले उद्योग क्षेत्रको विकासलाई प्राथमिकता दिएको र मुलुकलाई डम्पिङ साइट बन्न नदिने बताएका हुन ।
मन्त्री खतिवडाले मुलुकका उद्योगहरुलाई संरक्षण गर्न सरकारले एन्टिडम्पिङ र काउण्टर भेलिङ ड्युटी लगाउने गरी ऐन ल्याउन लागेको बताए । उनले सरकारले दिएको सुविधालाई दुरुपयोग नगर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्दै कच्चा पदार्थ र तयारी वस्तु बीच भंसार दरमा एक स्ल्याब फरक हुने जानकारी दिएका छन ।









