समाचार

टिपर दुर्घटना हुँदा चालकको मृत्यु



काभ्रे, ७ बैशाख । काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

शनिबार बिहान नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा बा३ख ५३९६ नम्बरको टिपर सडकबाट ३०० मिटर तल खस्दा चालक धादिङ थाक्रे गाउँपालिका–७ का ४५ वर्षीय केदारबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।