काठमाडौँ, ८ वैशाख । बसुन्धराका २० स्थानमा सिसिटिभी जडान गरिएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र सङ्गम क्लब बसुन्धराको आयोजनामा उपत्यकाको शान्ति सुरक्षालाई थप मजबुत बनाउन बसुन्धराका २० स्थानमा सिसिटिभी जडान गरिएको हो ।
काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले उपत्यकाको शान्ति सुरक्षालाई बलियो बनाउन सिसिटिभी जडानले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।
वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षरु १३ लाख लगानीमा जडान गरिएको सीसीटिभीको महानगरीय प्रहरी प्रभाग तिलिङ्गाटारमा कन्ट्रोल कक्ष राखिएको छ । सिसिटिभी निर्माणका लागि वृत्त महाराजगञ्जले रु एक लाख ५० हजार आर्थिक सहयोग गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्