समाचार

प्रधानन्यायाधीशकै आदेशपछि सार्वजनिक जग्गा व्यक्तिको नाममा



काठमाडौँ, ८ वैशाख । सर्वोच्चमा आएका सार्वजनिक जग्गासम्बन्धी मुद्दामा प्रधानन्यायाधीशकै चासो धेरै हुने गरेको छ । प्रधानन्यायाधीशकै आदेशमा धेरै सार्वजनिक जग्गा व्यक्रिको नाममा दर्ता भइसकेको छ ।

प्रधानन्यायाधीश हुँदा ओमप्रकाश मिश्र र गोपाल पराजुलीले यस्तै विवादास्पद फैसला गरेका थिए । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रसहित न्यायाधीशहरु शारदाकुमार घिमिरे र अनिल कुमार सिन्हाको इजलासको आदेशपछि भक्तपुरको दुवाकोटस्थित १९ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ ।

यस्तै गोपाल प्रसाद पराजुली र तेजबहादुर केसीको इजलासले नवलपरासीको मध्यबिन्दुस्थित सयौबिगा जमिन व्यक्तिको नाममा पास भइसकेको छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।