समाचार

युएईमा छुरा प्रहारबाट एक नेपालीको मृत्यु



युएई, ८ बैशाख । युएईमा दुई नेपालीबीच झगडा हुदा साथीको छुरा प्रहारबाट एकजनाको मृत्यु भएको छ ।

युएईको रसअलखेमामा स्थित एक क्लिनिङ कम्पनीमा कार्यरत भोजपुरका युगेन्द्र राईले सँगै काम गर्ने पाल्पाका तिलक चौधरीलाई छातीमा छुरा हान्दा चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरी नीहरुबीच देशको राजनीति र विकासका बारेमा कुराकानी भइरहेको र विवाद बढ्दै गएपछि राईले छुरा प्रहार गरेको उनीहरुसँगै काम गर्ने एक नेपालीले बताएका छन ।

राईलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । घटना ५ दिनअघि भएता पनि दूतावासलाई कुनै जानकारी नआएको दूतावासकी सूचना अधिकारी विष्णुकुमारी अधिकारीले बताइन् ।

आइतबार दूतावासले यस विषयमा सम्बन्धित कम्पनीसँग बुझ्ने जानकारी दिएकी छन ।