काठमाडौँ, ८ वैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ ।
भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेपछि निगमले आगामी वैशाख १८ (मे १ देखि)काठमाडौँ नयाँदिल्ली सातामा १४ उडान गर्ने जनाएको छ ।
आर्थिक समस्याका कारण जेट एयरले एक साताअघि काठमाण्डौ–दिल्ली उडान बन्द गरेको थियो । जेट एयरको उडान बन्द भएपछि निगमले यात्रुको सहजतालाई दृष्टिगत गर्दै उडान वृद्धि गरेको हो ।
यसअघि निगमले ‘न्यारो बडी’ र वाइड बडी जहाजबाट दिल्ली उडान गर्दै आएकामा वैशाख १८ गतेदेखि रातिको उडान भने वाइड बडी जहाजबाटै गर्ने जनाएको छ । निगमले हाल भारतकै मुम्बई र बैङ्लोरमा सातामा तीन उडान गर्दै आएको छ भने अन्य आठ देशमा पनि अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।










प्रतिक्रिया दिनुहोस्