समाचार

च्यास पासा पुचःको अध्यक्षमा बाबुकृष्ण



ललितपुर, ९ बैशाख । ललितपुर महानगरपालिका वडा नं ९ च्यासलका ४० वर्षअघिका लेखपढ र मेला पात गर्ने साथीहरुको समूह ‘च्यास पासा पुचःको शनिबार सम्पन्न साधारण सभाले बाबुकृष्ण ब्यञ्जनकारको अध्यक्षतामा नयाँ कार्यकारी समिति गठन गरेको छ ।

भक्तपुरको सिपाडोलस्थित दक्षिणकाली मन्दीर हातामा वनभोजसहित साधारण सभा आयोजना गरिएको थियो । आगामी २ वर्षको लागि चयन गरिएको पुचः को उपाध्यक्षमा चतुर ब्यन्जनकार, सचिवमा गोविन्दमान ब्यञ्जनकार, उपसचिवमा कर्म ब्यञ्जनकार, कोषाध्यक्षमा बेखामान ब्यञ्जनकार तथा सदस्यहरुमा इन्द्रमान ब्यञ्जनकार, राममाया ब्यञ्जनकार, राम ब्यञ्जनकार र हसना ब्यञ्जनकार छन ।

पुचः ले सामाजिक काम गर्नुको साथै पुराना साथीहरुबीच मित्रता प्रगाढ बनाउन विभिन्न कार्यक्रम आयोजना गर्ने नवनिर्वाचित अध्यक्ष बाबुकृष्ण ब्यञ्जनकारले बताउनुभयो ।