कञ्चनपुर, ९ वैशाख । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले सरकारले विकास र समृद्धिका ढोकाहरु खुल्ला गरिरहेको बताउँदै आगामी दिनमा सरकारले जनतालाई दिने सेवालाई प्रविधिमैत्री बनाउने बताउनुभएको छ ।
आइतबार कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित मुक्त हलिया पुनःस्थापना वस्तीको अवलोकन गर्नुहुदैँ मन्त्री अर्याललले जनअपेक्षाअनुसार सरकारले काम गर्नुपर्ने बेला आएको बताउनुभयो । मन्त्री अर्यालले यहाँको मालपोत कार्यालय, भूमि सुधार कार्यालय र नापी कार्यालयको निरीक्षणसमेत गर्नुभएको थियो । कार्यालयको अवलोकन गर्दै उहाँले मालपोत र नापी कार्यालयको काम डिजिटल प्रविधिमा हुने बताउनुभयो ।
उहाँले मुक्त हलियालाई आगामी वर्षमा सीपमूलक तालीम तथा रोजगारी दिने खालका लक्षित कार्यक्रम सरकारले ल्याउने जानकारी दिनुभयो ।
उहाँले मुक्त हलियाका पक्षमा आवश्यक नीति बनाउन पहल भएको बताउनुभयो । उहाँले चालू आर्थिक वर्षमा मुक्त हलिया पुनःस्थापना भइसक्ने दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “मुक्त हलियाका पक्षमा बोल्ने व्यक्ति नै अहिले नीति निर्माण तहमा छन्, १३ वर्षसम्म मुक्त हलियाको पुनःस्थापना हुन नसक्नु दुःखद् हो ।”










प्रतिक्रिया दिनुहोस्