समाचार

ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एक घाइते



नवलपरासी, ९ वैशाख । पश्चिम नवलपरासीको रामग्राम–१० नदवामा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

गएराति भएको दुर्घटनामा परि मृत्यु हुनेमा पश्चिम नवलपरासी रामग्राम–१६ हकुई बस्ने २६ वर्षीय रमेश यादव रहेका छन् । यूपी ६५ बीपी ३९११ नम्बरको भारतीय ट्रकमा पछाडिबाट लु७प१३१२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा यादवको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सोही स्थानका २२ वर्षीय रामकृष्ण कहाँर घाइते भएका छन् ।