एजेंसी, १० बैशाख । फिलिपिन्स जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
राजधानी मनिलामा समेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसमा भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिपिनी भूगर्भ केन्द्रले जनाएको छ ।
अमेरिकी भूगर्भ सर्भेले भने उक्त भूकम्प ६.३ म्याग्नीच्यूडको रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्