एजेन्सी, १० वैशाख । श्रीलङ्कामा भएको शृङ्खलावद्ध विस्फोटमा परि सयौँको मृत्यु भएपछि सङ्कटकालको घोषणा गरिएको छ ।
राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्वारा सोमबार जारी वक्तव्यका अनुसार सोमबार रातिदेखि लागु हुनेगरी सङ्कटकाल लागु हुनेछ । श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परि झण्डै २९० जनाको मृत्यु भएपछि स्थितिलाई नियन्त्रणमा लिन सङ्कटकालको घोषणा गरिएको हो । राष्ट्रपति सिरिसेनाले अप्रिल २३ का दिन राष्ट्रिय शोक मनाउने घोषणा पनि गर्नुभएको सञ्चार विभागले जनाएको छ ।
श्रीलङ्काली सुरक्षा निकायहरूले घटनाका दोषीहरूको खोजी गर्न व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरेका छन् । प्रहरीका अनुसार विस्फोटनमा संलग्न भएको आशङ्कामा अहिलेसम्म २४ जनालाई पक्राउ गरिएको छ ।
स्वास्थ्य मन्त्री रजिथा सेनारत्नेले स्थानीय अतिवादी इस्लामिक समूह राष्ट्रिय तोव्हीड जमात यस विस्फोटनमा जिम्मेबार रहेको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्