काठमाडौँ, १० वैशाख । गायक तथा संगीतकार मदन दीपबिमको निधन भएको छ ।
उहाँको सोमबार राती हृदयघातका कारण अमेरिकाको सन फ्रान्सिस्कोमा निधन भएको हो । गएको महिना हृदयघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । केही समय रेडियो नेपालमा समेत काम गर्नुभएको थियो ।
उहाँले गायिका शिवा बस्नेतसँग विवाह गर्नु भएको थियो । उहाँ छोरी ममतासँग बस्दै आउनुभएको थियो । उहाँको के भूल भयो प्रिया मसँग बोल्दिनौ, झस्केर दुख्छ यो मुटु मेरो उनैको यादमालगायत धेरै गीत चर्चित छन् ।










प्रतिक्रिया दिनुहोस्