काठमाडौँ, १० वैशाख । अष्ट्रेलियाको सिड्नीमा एक नेपालीको मृत्यु भएको छ ।
नेपालबाट अष्ट्रेलिया अध्ययन गर्न पुगेकी दुर्गा अधिकारीको डिपेन्डेन्ट भीसामा सिड्नी पुगेका मकवानपुर हेटौंडा १७ चुच्चेखोला घर भएका ३१ वर्षीय दीपक श्रेष्ठको हृयघातका कारण शनिबार मृत्यु भएको हो ।
शनिबार बिहान पानी पिउन ओछ्यानबाट उठेका उनी बेहोस भएपछि त्यहाँस्थित कोगाह्र सेन्ट अस्पतालमा पुर्याइएकाे र उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्