Banner News

देशमा राजनीतिक स्थायीत्व नभइ विकास हुँदैन : अध्यक्ष प्रचण्ड



काठमाडौ, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा राजनीतिक स्थायीत्व नभइ विकास नहुने बताएका छन ।

ललितपुरको सिद्धिमंगल माध्यामिक विद्यालयको ६३ औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष प्रचण्डले देशमा राजनीतिक स्थायीत्व नभइ विकास हुँदैन र विकास नभइ संमृद्धि र शान्ति आउँदैन भनेर नै दुई पार्टी बीच एकता गरेको बताएका छन ।

अध्यक्ष प्रचण्डले पार्टी एकताको कार्य पुरा गरेसँगै जनतामाझ गरेको संकल्प पूरागर्न ७७ जिल्लामा अभियान लिएर जाने बताउदै आगामी चार वर्ष भित्रमा सरकारले जनतासँग गरेको बाँचालाई पूरा गरिछोड्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

पार्टी एकताले नयाँ जोश र उत्साह थपिएको भन्दै प्रचण्डले ७७ जिल्लामा नै अभियान लिएर जाने र जनतासँगको सम्बन्धलाई अझ मजबुद बनाउने भन्दै उनले शिक्षामा लगानी, पूर्वाधारको विकास र गुणस्तरियता कायम नभएसम्म समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा हुन नसक्ने बताए ।