जनकपुरधाम, ११ वैशाख । प्रदेशसभा २ को बैठक वैशाख १६ गतेसम्मका लागि स्थगित गरिएको छ ।
सत्तारुढ संघीय समाजवादी फोरम नेपालको प्रदेश २ को अधिवेशन र प्रतिपक्षी कांग्रेसको जागरण अभियान भएकाले बैठक सार्न आग्रह गरे बमोजिम बुधबारको बैठक स्थगित गरिएको प्रदेशसभाका सचिव रञ्जित यादवले बताए ।
प्रदेशसभामा छलफलका लागि ६ वटा विधेयक दर्ता भएको छ । प्रदेश सभाका सचिव यादवका अनुसार यसबाहेक प्रदेश लोकसेवा आयोगसम्बन्धी, दुग्ध विकास बोर्ड, बालबालिकाको अधिकार, संघ संस्था दर्तासम्बन्धी र स्वास्थ्य सेवासम्बन्धी विधेयक पनि छलफलका लागि दर्ता गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्