काभ्रे, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले केही संरचना बाहेकका अन्य पुनर्निर्माणका अधिकांश काम यही वर्षभित्र सकिने बताएका छन ।
बुधबार काभ्रेमा एशियाली विकास बैंकको ऋण सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत निर्माण भएको ३६ कोठे विद्यालय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पुनर्निर्माणलाई गति दिएको बताए ।
धरहरा लगायतका केही संरचना एक वर्ष भित्रमा नसकिने र कला, वास्तुकला, सामान लगायतमा ध्यान दिनुपर्दा त्यसमा समय लाग्ने बताउदै उनले भने आज बिहान भूकम्प गएको स्मरण गर्दै सबैलाई भुकम्प प्रतिरोधी घर बनाउन सचेत गराए ।
नेपालको अब परिचय फेर्नुपर्ने बताउदै उनले डिजिटल, शिक्षित र विद्वान नेपाली बस्ने देशको परिचय दिनुपर्न बताए ।
११ करोड २४ हजारको लागतमा बनेको ३ वटा भवनमा ३६ कोठा रहेको छ । छात्रावाससहितको भवनमा प्रशासन, पुस्तकालय, कम्प्युटर ल्यावलगायतका सुविधाहरु छन् । जिल्लाको नमुना विद्यालयमा ७ सय २७ विद्यार्थी अध्ययनरत रहेका छन ।










प्रतिक्रिया दिनुहोस्