Banner News

विप्लव समूहलाई राजनीतिको मूलधारमा आउन गृहमन्त्री थापाको आग्रह



विराटनगर, १२ वैशाख । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहलाई मूलधारको राजनीतिमा आउन आग्रह गरेका छन ।

विराटनगरमा प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले विप्लव समूहको गतिविधि निस्तेज भएको र यसलाई पूर्ण निस्तेज पार्न सरकारले नीतिहरु अख्तियार गरेको बताएका छन ।

विप्लव समस्याको समाधान सरकारले वार्ता र संवादबाटै गर्न चाहेको भन्दै उनले भने, ‘विखण्डनकारी शक्ति (सीके राउत) लाई समेत हामीले वार्ता र संवादबाटै मूलधारको राजनीतिमा अवतरण गराइसकेका छौं । विप्लवजी पनि अब वार्तामा आउनुपर्छ ।’

गृहमन्त्री थापाले जुन सुकै उद्देश्य बोकेका राजनीतिक दललाई शान्तिपुर्ण आन्दोलन गर्ने छुट छ । तर शान्ति सुरक्षामा खलल पुर्‍याउने छुट कसैलाई नभएको बताए ।

गृहमन्त्री थापाले राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध सुधारमा पनि सरकार सफल भएको दाबी  गरेका छन ।