समाचार

अनुवादबिना नै पढ्न सक्ने किताब प्रकाशित



काठमाडौँ, १२ वैशाख । चीनीयाँ लेखक तथा कलाकार जू बिंगले अनुवाद बिनानै पढ्न सक्ने पुस्तक प्रकाशित गरेका छन् ।

हाल अमेरिकामा बस्दै आएकी उनले ‘इमोटिकन्स’को उपयोगबाट पहिलो पटक विश्वका जुनसुकै भाषाका नागरिकले बिनाअनुवाद पढ्न सकिने पुस्तक लेखेका हुन् ।

बिना शब्दको यो पुस्तकलाई ‘बुक फ्रम द ग्राउण्ड’ (Book from the ground) नाम दिइएको छ । बिंग जू  (Bing Xu) ले ‘इमोटिकन्स’ (Emoticons ) अर्थात हामीले फेसबुक, इन्साटाग्रामलगायतका सामाजिक सञ्जालमा प्रयोग गर्दै आएका इमोजिहरुलाई प्रयोग गरी पुस्तक लेखेका थिए ।