एजेन्सी, १२ बैशाख । श्रीलंकामा फेरी बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार श्रीलंकाको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा भएको बम आक्रमणबाट मानवीय क्षतीबारे भने केही खबर प्राप्त नभएको पनि प्रहरीले बताएको छ ।
गत आइतबार भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या ३६० जना पुगेको छ भने करिब ५०० व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानीसमेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलंकाको विदेश मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्