Banner News

एक वर्षमा पुन:निर्माणको काम पूरा हुन्छ : प्रधानमन्त्री ओली



काठमाडौँ, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षतिग्रस्त संरचना पुन:निर्माणको काम एक वर्षमा पूरा हुने दावी गरेका छन् ।

गोरखाको बारपाक केन्द्रविन्दु भएर विनासकारी भूकम्प गएको चार वर्ष पुगिसके पनि पुन:निर्माणको काम सन्तोषजनक नभएको भनेर कतिपयले सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्री ओलीको यस्तो भनाइ सार्वजनिक भएको हो ।

गोरखा भूकम्पको वार्षिकीमा प्रधानमन्त्री ओलीले सामाजिक सन्जाल ट्वीटरमा लेखेका छन्, ‘सयौं वर्ष अघिदेखिका संरचनाहरु एकैछिनमा ढल्छन् र तिनीहरुको पुनर्निर्माण गर्न वर्षौं लाग्छ । हामीले युद्धस्तरमा अघि बढाएको पुन:निर्माणलाई अबको एक वर्षमा पूर्णतामा पुर्याउँछौं ।’