Banner News

हुरी प्रभावितलाई ८४ करोड दिने सरकारको निर्णय



काठमाडौँ, १३ वैशाख । सरकारले बारा र पर्सामा विनाशकारी हावाहुरीले क्षतिग्रस्त घर निर्माणका लागि ८४ करोड ६८ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा पछिल्लो समय बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले उक्त रकम नेपाली सेनामार्फत् उक्त रकम दिने निर्णय गरिएको जानकारी गराउनुभएको छ ।

गएको चैत १७ गतेको साँझ बारा र पर्सामा विनाशकारी हावाहुरीका कारण २८ जनाको मृत्यु भएकोथियो भने सयौं विस्थाीत भएको छन् । विस्तापीतलाई स्थापित गर्न क्षतिग्रस्त १४ सय ५३ ओटा घर बनाउन सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १४० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चार मन्त्री बाँस्कोटाल जानकारी गराउनुभयो ।

सरकारले दिएको रकम र घरधुरी संख्या हिसाब गर्दा एउटा घरवापत सेनाले ५ लाख ८२ हजार ८४७ रुपैयाँ पाएको हो ।